देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कश्मीरमा भिडन्त, ८ सैनिकको मृत्यु

देशान्तर

विवादित कश्मीरको क्षेत्रमा गोली हानाहान भएको छ । उक्त घटनामा ५ भारतीय र ३ पाकिस्तानी सैनिक गरि ८ सैनिकको मृत्यु भएको बताइएको छ ।

पाकिस्तानी सेनाका प्रमुख मेजर जनरल आसिफ गफूरले बिहीबार साँझ ट्वीटरमार्फत यसको पुष्टि गरेका छन् ।
उनले लेखेका छन्, ‘कश्मीरको विवादित क्षेत्रमा गोली हानाहान भएपछि कम्तीमा ३ पाकिस्तानी र ५ भारतीय सैनिक मारिए ।’

पाकिस्तानी सेनाको भनाइको खण्डन गर्दै भारतीय सेनाले भने आफ्नो ५ जना सैनिक मारिएको कुरा अस्वीकार गरेको छ ।

आन्तरिक रूपमा गोली हानाहानको क्रम जारी रहेको पाकिस्तानी सेना प्रमुख गफूरले ट्वीटमा लेखेका छन् ।