देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कलंकी–कोटेश्वर सडकमा सवारी आवागमन प्रभावित

देशान्तर

काठमाण्डौ।  कलंकी–कोटेश्वर सडकमा आज (शुक्रबार) सवारी आवागमन प्रभावित हुने भएको छ । दक्षिण एसियाली खेलकुद ‘साग’ अन्तर्गत चक्रपथको कलंकीदेखि कोटेश्वरसम्म ‘साइक्लिङ रेस च्याम्पियनशीप’ हुने भएकाले उपत्यकामा सवारी आवागमन प्रभावित हुने भएको हो ।

बिहान ९ बजेदेखि नै प्रतियोगिता सुरु हुने भएको र कार्यालय समय पनि सुरु हुने भएकाले शुक्रबार दिउँसोसम्म नै गाडीको चाप हुने देखिएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

शुक्रबार कलंकी–कोटेश्वर सडकखण्डमा ओहोरदोहोर गर्दा सर्भिस लेन प्रयोग गर्न पनि महाशाखाले अनुरोध गरेको छ ।

शनिबार कलंकीदेखि भक्तपुरको सूर्यविनायक सडकखण्डमा खेल हुने भएकाले कलंकीदेखि कोटेश्वर र कोटेश्वरदेखि गठ्ठाघर, सल्लाघारी हुँदै जगाती जाने गाडी चालकलाई जडिबुटी, पेप्सीकोला, पुरानो ठिमी, व्याँसी, कमलविनायक, च्यामसिंह हुँदै जगाती जान पनि ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

यस्तै अत्यावश्यक नभए गाडी नचालाउन पनि ट्राफिक प्रहरीले आग्रह गरेको छ ।