देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओलम्पिक कमिटीको चुनाव रोक्न सर्वोच्चको आदेश

देशान्तर

काठमाडौं । सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटीको भदौ २० गतेका लागि तोकिएको अधिवेशन (निर्वाचन) स्थगित गर्न अन्तरिम आदेश जारी गरेको छ ।

ओलम्पिक कमिटीका ‘कार्य समिति सदस्य’ कमल बहादुर चित्रकारले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तानको इजलाशले तत्काल निर्वाचन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चले निर्वाचन रोकेर दुबै पक्षलाई २२ गते अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

नेपाल ओलम्पिक कमिटीको चुनाव यही २० गते हुने मिति तय भएको थियो । अध्यक्ष पदमा जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्रतिस्पर्धामा छन् ।

त्यस्तै, जीवनराम प्यानलबाट महासचिवमा निलेन्द्रराज श्रेष्ठ छन् । यता, उमेशलाल प्यानलबाट पुरेन्द्रबिक्रम लाखे उठेका छन् ।