देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ए डिभिजन लिगमा आज मनाङ र सरस्वती तथा च्यासल र ब्रिगेड भिड्दै

देशान्तर

काठमाडौं । राजधानिमा जारि कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (शुक्रबार) दुई खेलहरु हुदैछ । पहिलो खेलमा मनाङ र सरस्वती तथा दोस्रो खेलमा च्यासल र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुदैछ ।
दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

मनाङ ७ खेलमा १३ अंक सहित तालिकाको चौथो स्थानमा छ । सरस्वती १ अंक सहित तालिकाको पुछारमा रहेको छ ।

च्यासल ६ अंक सहित बाह्रौ स्थानमा छ । ब्रिगेड ८ अंक सहित नवौं स्थानमा रहेको छ ।
मनाङले तालिकाको पुछारमा रहेको सरस्वती युथ क्लबसंग प्रतिस्पर्धा गर्दैछ । मनाङ रेलिगेशन जोनमा रहेको सरस्वतीलाई पराजित गर्दै उपाधि होडमै रहन चाहन्छ । लिगमा ७ खेलमा ३ मा जित, ४ मा बराबरी खेलेको मनाङ १३ अंक सहित तालिकाको चौथो स्थानमा छ ।

यता, सरस्वती पनि मनाङविरुद्ध कम्तिमा अंक खोस्न चाहन्छ । रेलिगेशन जोनमा रहेको सरस्वती बाकी ६ खेलमा नतिजा ल्याउदै रेलिगेशनबाट बच्न चाहन्छ ।

च्यासलले शुक्रबार ब्रिगेड ब्वाईज क्लब ९बिबिसी०संग खेल्दैछ । च्यासल ६ अंक सहित बाह्रौ स्थानमा छ ।
ब्रिगेड ८ अंक सहित तालिकाको नवौं स्थानमा रहेको छ । शुक्रबारको खेलमा जित निकाल्दै ब्रिगेड आठौं स्थानमा उक्लने दाउमा हुनेछ ।
यता ब्रिगेडविरुद्ध जित निकाल्दै च्यासल नवौं स्थानमा उक्लन चाहन्छ ।