देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमसीसी पारितका लागि भूमिका खेल्न सभामुखसँग प्रधानमन्त्री ओलीको आग्रह

देशान्तर

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले मिलेनियम च्यालेन्ज कम्प्याक्ट, एमसीसी सदनबाट पारित गराउनका लागि सभामुखसँग सहयोग मिल्ने अपेक्षा गरेका छन् ।

प्रतिनिधिसभाको मंगलवार भएको बैठकमा ६.७ जना प्रधानमन्त्रीको पालादेखि बाँकी रहेको एमसीसी परियोजना पारित गर्नुपर्ने र विकासको काममा पूर्ण ध्यान दिनुपर्ने भएकाले यसतर्फ सभामुखको सहयोग मिल्ने विश्वास उनले व्यक्त गरे ।

थुप्रैं विधेयक पारित गरेर ऐन बनाउनुपर्ने अवस्था रहेको भन्दै प्रधानमन्त्री ओलीले अब कुनै अलमल नगरी ती विधेयकहरु पारित गर्नका लागि सदनको साथ मिल्ने अपेक्षा गरे ।

दलहरुबीचको सम्पूर्ण एकतामा जोड दिँदै उनले सबै परिवर्तन एकताबाटै सम्भव भएको दृष्टान्त दिए ।