देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमसीसी अनुमोदनको प्रतीक्षामा रहेको प्रधानमन्त्री ओलीको भनाइ

देशान्तर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख चयनमा विलम्ब भएको स्वीकार गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई शुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले ६ देखी सात जना प्रधानमन्त्री गुजारेको र अनुमोदनको प्रतीक्षामा रहेका एमसीसी पारितको प्रतिक्षामा रहेको बताउनुभयो । यस्ता अनेक विषयमा अर्को पटक सविस्तार सदनलाई सम्बोधन गर्ने उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले आग्रह र अनावश्यक बहसमा अल्झिन नहुनेमा जोड दिनुभयो । उहाँले सभा सञ्चालनमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बचन पनि सभामुख सापकोटालाई दिनुभएको छ ।

यता प्रमुख विपक्षी नेपाली काँग्रेसका सभापति शेरहादुर देउवाले पनि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) छिटो पास गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई शुभकामना दिँदै सभापति देउवाले आफू प्रधानमन्त्री भएको बेलामा एमसीसी मन्त्रीपरिषदले पास गरेको स्मरण गर्दै यस्तो बताउनुभएको हो । यति ठूलो सहयोग अमेरिकी सरकारको कहिल्यै नआएको भन्दै उहाँले अमेरिकाले सैन्य गठबन्धन होइन भनिसकेको र चीनले आपत्ति छैन भनेको बताउनुभयो । नेपालको विजुली भारतलाई बेच्ने हो भने अमेरिकाको सहयोगले मद्धत गर्न भन्दै उहाँले एमसीसी छिटो पास गर्नुपर्नेमा जोड दिनुभयो ।