देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमसिसी तत्काल संसद्बाट अनुमोदन गर्नुपर्छ : देउवा

देशान्तर

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले संसद् चलाउन सभामुखले विपक्षी दललाई विश्वासमा लिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिँदै उनले भने, ‘सभामुख तटस्थ र निष्पक्ष पद हो । संसद् विपक्षीको हो भन्ने कुरा ध्यान दिन आग्रह गर्छु । सत्तापक्षले संसद्मा ल्याउने कानूनका बारेमा आलोचना गर्ने काम प्रतिपक्षको हो ।

संविधानको भावना प्रतिकूल केही विधेयकहरु सरकारले संसद्मा पेश गरेको भन्दै उनले मानवअधिकार, प्रेस स्वतन्त्रता विरोधी विधेयकहरु त्यही रुपमा पारित गर्न नहुनेमा जोड दिए । प्रजातन्त्रका लागि पूर्ण प्रेस स्वतन्त्रता आवश्यक रहेको उनको भनाइ थियो ।

कोरोना भाइरसका सन्दर्भमा जोखिम न्यूनीकरणका लागि २४ घण्टे ‘हेल्प डेस्क चलाउन आवश्यक रहेको उल्लेख गर्दै सभापति देउवाले चीनसँग सिधा उडान रहेको र चीनमा रहेका नेपालीका बारेमा समेत सरकारको ध्यान जानुपर्ने बताए ।