देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआरएनए मतदान जारी, आचार्यको प्यानलले पायो पूर्णता

देशान्तर

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्व चयन गर्न मतदान सुरु भएको छ। बिहीबार बिहान सवा १० बजेबाट मतदान सुरु भएको हो।

यसअघि, मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, दावी विरोध लगायतका सम्पूर्ण कार्य सकिएपछि बुधबार साँझका लागि निर्धारित मतदान अन्तिम समयमा स्थगित भएको थियो।

अध्यक्षका प्रत्यासी एवम् संघका वर्तमान उपाध्यक्षद्वय कुल आचार्य र कुमार पन्तले अलग–अलग टिम बनाएर उम्मेदवारी दिएका छन्।

लोकतान्त्रिक समावेशी प्यानल बनाएका आचार्यको टिमबाट अमेरिकाका डा. केशव पौडेल, अस्ट्रेलियाका मन केसी, अमेरिकाकी रविना थापा (महिला उपाध्यक्ष) र मध्यपूर्वबाट नरेन्द्र भाटले उपाध्यक्षमा प्रतिस्पर्धा गर्दैछन् । सोही प्यानलबाट बेल्जियमकी जानकी गुरुङले महासचिवमा प्रतिस्पर्धामा छिन्। त्यस्तै दुई सचिवमा अभिमानसिंह बस्नेत र गौरी जोशी उम्मेदवार छन् । यही प्यानलबाट कोषाध्यक्षमा महेश श्रेष्ठ र सह–कोषाध्यक्षमा लोक दाहाल उम्मेदवार छन् ।

यसैगरी, अध्यक्षका अर्का प्रत्याशी पन्तले उपाध्यक्षमा अमेरिकाका सोनाम शेर्पा, अस्ट्रेलियाका धर्मराज अधिकारी, रुसकी सपिलाराज भण्डारी, अर्जुनकुमार श्रेष्ठ र रुसकै बद्री केसीलाई अघि सारेका छन्।

पन्तले महासचिवमा बेलायतका डा. हेमराज शर्मालाई अघि सारेका छन्।

पन्तको तर्फबाट कोषाध्यक्षका उम्मेदवार हुने चर्चामा रहेका महेशकुमार श्रेष्ठ र सचिवका उम्मेदवार गौरी जोशी आचार्यकै प्यानलमा फर्किएका छन्।

श्रेष्ठ आचार्यको प्यानलमा फर्किएपछि कोषाध्यक्षका उम्मेदवार सोम सापकोटाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।