देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी

देशान्तर

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । काठमाडौंमा हिजो सम्पन्न निर्वाचनबाट अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यलाई पछि पार्दै उनी अध्यक्षमा बिजयी भएका हुन ।

यस्तै उपाध्यक्षमा बद्री केसी, अर्जुन कुमार श्रेष्ठ, सोनम लामा, मन केसी र रविना थापा विजयी भएका छन् । त्यस्तै महासचिवमा हेमराज शर्मा र कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ विजयी भएका छन् ।

सचिवमा गौरी जोशी, आरके शर्मा विजयी भए । यस्तै, सह–कोषाध्यक्षमा लोक दाहाल र भूमा लिम्बू विजयी भए ।

निर्वाचनमा पन्त र आचार्य प्यानल नै बनाएर चुनाव लडेका थिए ।

बुधबार विद्युतीय मेसिनबाट मतदान गर्ने प्रक्रिया नमिलेपछि बिहीबार मतपत्रबाट मतदान भएको थियो । दुई वर्षको नेतृत्व चयनका लागि भएको निर्वाचनमा २५ सइ ७० मतदाता रहेकोमा २३ सय ४० मत खसेको थियो ।