देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एकै प्रकारको विषादी सेवनबाट दाङ्गमा ३ जनाको मृत्यु

देशान्तर

काठमाडौं । एउटै नाम भएको विषादी सेवन गरि दाङ्गका विभिन्न स्थानमा तीन जनाको मुत्यु भएको छ । तुल्सीपुर उपमहानगरपालिका–३ बेलुवाका ३७ बर्षिय मिनबहादुर बिक, सोही नगरपालिका १९ बिजौरीकी ५० की बमकुमारी रोका र राजपुर गाउँपालिका ३ गंगदी २१ बर्षिया मिरा चौधरीको मृत्यु भएको हो ।

उनीहरु तीनै जनाले घरमा राखेको विषादी सेवन गरेका थिए । उनीहरुलाई थप उपचारका लागि कोहलपुरको अस्पतालमा पठाईएको र उपचार कै क्रममा दुई जनाको गए राति र मिरा चौधरीको आज विहान मृत्यु भएको दाङ्गका प्रहरी प्रबक्ता डिएसपी विनोद विक्रम शाहले जानकारी दिए ।