देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपसभामुख तुम्बाहाङफेले दिइन् राजीनामा

देशान्तर

 काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिएको घोषणा गरेकी छन् । सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङफेले राजीनामा दिएको घोषणा गरेकी हुन् । राजीनामा घोषणासँगै तुम्बाहाङफेले समृद्ध समाज निर्माण गर्ने अभिायनमा आफू भिन्न रुपमा अविचलित भएर क्रियाशील भइरहने बताइन् ।

दुई वर्ष गरिमामय अङ्गको नेतृत्व गर्न पाउनु महत्वपूर्ण अवसर भएको भन्दै उनले प्रतिनिधिसभा सदस्य र संसद सचिवालयलाई धन्यवाद व्यक्त गरिन् । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आइतबार सभामुखको उम्मेदवारको टुङ्गो लगाएपछि तुम्बाहाङफेले सोमबार राजीनामा दिएकी हुन् । यसअघि तुम्बाहाङफेले आफू नै सभामुख हुनुपर्ने भन्दै अडान लिएकी थिइन् ।