देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपचुनावमा तालमेल गर्न प्रधानमन्त्री र राजमो नेताहरु सहमत

देशान्तर

काठमाडौं । मंसिर १४ मा हुने उपनिर्वाचनमा सत्तारुढ नेकपा र अर्को वामपन्थी घटक राष्ट्रिय जनमोर्चाबीच बिगतको गठबन्धनलाई निरन्तरता दिने सहमति भएको छ । बुधबार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर फर्किएका जनमोर्चाका नेताहरुले चुनावी तालमेल गर्ने सहमति भएको बताएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेकपा अध्यक्ष ओलीले विगतको निर्वाचनमा जसले जहाँ सघाएको थियो सोही सहकार्य यथावत राख्ने प्रस्ताव ल्याएको जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसीले बताए । आफूहरुले प्रधानमन्त्रीको प्रस्ताव स्वीकार गरेको उनको भनाइ छ ।

२०७४ सालको निर्वाचनमा तत्कालिन एमाले माओवादी गठबन्धनले राजमोलाई बागलुङको प्रदेशसभा सदस्यमा सघाएको थियो । प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको निधनपछि रिक्त स्थानमा नेकपाले आफूहरुलाई सघाउने र बाँकी सबै ठाउँमा नेकपालाई सघाउने केसीले बताए ।

मौखिक रुपमा सहकार्यको सहमति भए पनि दुई पार्टीबीच लिखित सहमति हुन बाँकी रहेको छ । राजमो अध्यक्ष केसीले देशमा प्रतिगमनकारीको चलखेल बढिरहेकाले बामपन्थी एकता मजबुत हुनुपर्ने बताएका थिए ।