देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इरानमा १८० जना सवार युक्रेनको विमान दुर्घटना

देशान्तर

इरानमा बुधवार विहान १८० जना सवार युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त भएको स्थानीय समाचारमाध्यमले जनाएका छन्।

युक्रेन अन्तर्राष्ट्रिय वायुसेवाको विमान तेहरानको इमाम खामेनी विमानस्थलबाट उडान भर्ने बित्तिकै दुर्घटना भएको फार्स समाचार संस्थाले जनाएको छ।

उक्त विमान युक्रेनको राजधानी किएभतर्फको उडानमा रहेको बताइएको छ।

सो दुर्घटनाको सम्बन्ध अहिलेको इरान(अमेरिका तनावसँग रहे नरहेको स्पष्ट नभएको बीबीसीले जनाएको छ