देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इन्भाइटो के हो ? यसले के गर्दछ ?

देशान्तर

कतिपय अवस्थामा समस्याको समाधान बाटनै सफलता प्राप्ति हुन्छ । सहि समयमा सहि सहायताले सफलताको कथा रच्न सक्छ । ३१ वर्षीय उद्यमी अनिल थापाको हकमा पनि यहि अवस्था लागुभयो जतिबेला उनले इन्भाइटो नामक एपको शुरुवात गरे ।

पछिल्लो समयमा इन्टरनेट प्रतिको लगाव र प्रयोगकर्ताको व्यापकतालाई मध्यनजर गर्दा अनिलले आफ्नो छाप बनाउने सहि मौकाको पहिचान गर्न सक्षम भए ।

 

अनिल थापा

इन्भाइटो के हो त? के गर्दैछन् अनिल ?

अनिल थापा र उनको यात्राः आफ्नै व्यवसाय शुुरु गर्न तत्पर अनिलले शुुरुवाती दिनमा व्यवसायीका रुपमा स्थापित हुन थुुप्रै जुुक्ति लगाए । । उनी १७ वर्षको कलिलो उमेरमै उद्यमशीलतामा लागेका हुन् । शिक्षा र लगनशीलता दुवैलाई संगसंगै डो¥याइ, नेपालको प्रतिष्पर्धी बजारमा युवा तथा उदयमान उद्यमीका रुपमा आफ्नो परिचय बनाउन उनी लागी परे । थोरैबाट शुरु गरेपनि उनले प्रशस्त ज्ञान र अनुुभव प्राप्तिमा विश्वास गरे । रेष्टुरा सञ्चालन देखि सलुन सञ्चालन सम्मको अनुुभवमा अनिलले कहिले सोचे अनुरुप त कहिले सोचे विपरितको भोग्नुुप¥यो । तर, सबैभन्दा महत्वपूर्ण पक्ष हिम्मत नै हो, जुन अनिलले छाडेनन् । उनले सञ्चालन गरेका सबैखाले व्यवसायले उनलाई नेपाली बजार बुुझ्न सहयोग गरे । बजारको चलनचल्ती देखी बदलीरहने नीतिहरु र व्यवसायमा सरकारको प्रभावलाई उनले नजिकबाट नियाल्ने मौका पाए । यी सबै उतारचढापका बिच उनलाई व्यापक रुपमा रुचाइएको इन्टरनेटले आकर्षित ग¥योे । इन्टरनेटकै भविष्य हेरेर उनी क्वाँटि ग्रुपका माध्ययमबाट प्राविधिक क्षेत्रमा प्रवेश गरे जसले इन्टरनेटबारेको उनको ज्ञानलाई विकास गर्न सहयोग पुु¥यायो । केहि वर्षको नेपाली बजार अनुुभवका आधारमा अनिलले सहि समयको पहिचान गर्न सके । यसै इन्टरनेटलाई आफ्नो धरातल बनाएर, आफ्ना साथीभाईको साथ र सहयोगले, अनिलले इन्भाइटो बजारमा ल्याए ।

इन्भाइटोका बारे : त्यतीबेला नेपाली बजारमा विश्वासीलो सेवा प्रदायकहरु पाउन मुश्किल नै थियो । फोटोग्राफर बोलाउने कुरामा होस् या राम्रोसंग कपाल काट्ने कुरै किन नहोस्, व्यवसायीक व्यक्तिहरु पाउन हम्मे हम्मे प¥थ्यो । साना साना कामकै लागी पनि धेरै सास्ती पाउनु प¥थ्यो । तर, अब समय त्यस्तो रहेन । इन्भाइटो एउटा सेवा प्रदायक एप्लीकेशन हो । जसले मानिसहरुलाई कुनै किसिमको व्यवसायीक सेवा चाहिएमा त्यसका लागि सम्बन्धित व्यक्ति वा संस्थालाई जोड्ने काम गर्दछ । सरल रुपमा भन्नुपर्दा, इन्भाइटोले सेवा लीने र दिनेलाई भेटाउने गर्दछ । मोबाइलमा क्लीक गरेकै भरमा सेवा प्राप्तिका लागि दर्ता गर्न सकिन्छ । साथमा, सेवा प्रदायक र सेवाग्राहिलाई भेट गराउने पुलको काम गर्ने इन्भाइटोमा विश्वासीलो, गुणस्तरिय एवम् व्यवसायीक सेवा खोज्न सकिन्छ जसका विकलपहरु पनि संगसंगै भेटिन्छ । हो, यो सहि हो । इन्भाइटोले आफ्ना प्रयोगकर्तालाई विभिन्न चरणमा प्रवेश गराई सेवा प्राप्तिका लागि दर्ता गराउँदछ । सेवाग्राहिले सम्पूर्ण विवरण पेश गरेपछि आफ्नो ठेगाना वा स्थान चयन गर्न सक्दछन् । यस लगत्तै, एपले उक्त ठेगानामा रहेका सेवाग्राहिले चाहे अनुरुपका व्यवसायीहरुको सुची प्रस्तुत गर्दछ जसबाट एकलाई चयन गरी आफुले चाहेको काम गराउन सक्छन् । यो साच्चिकै सहज छ । चाँहे तपाई आफ्नो घर रंगाउने सोच्नुहोस या नङ बनाउने सोच्नुहोस्, इन्भाइटोले तपाईलाई सहि ठाउँमा पुग्न तुरुन्तै मार्गनिर्देशन गर्दछ । विश्वसनीय ढंगले व्यवसायीक काम गरीरहेकाहरुलाई मात्र इन्भाइटो एपमा सुचीकृत गरीएको छ जसलाई प्रयोगकर्ताले चयन गर्न सक्दछन् ।

 

इन्भाइटो कसरी फरक छ?

इन्भाइटोको प्रमुख आकर्षण भन्नुनै उसको कार्यक्षमता हो । यस एपले सेवा्र प्रदायकहरुको पश्रस्त विकल्प प्रदान गर्दछ । कुनै जानकारी नभएको ठाँउ या व्यक्तिबाट सेवा लिनुभन्दा कैयो गुणा बढि विश्वासीले ढंगमा इन्भाइटोबाट सेवा प्राप्त गर्न सकिन्छ ।

यो एप प्रयोग गर्न सहज छ । इन्भाइटोले केवल ३ चरणमा तपाइको समस्याको समाधान गर्न सक्छः चाहिएको सेवाबारे योजना बनाउने, उपयुक्त सेवा प्रदायक चयन गर्ने र सेवा उपभोग गर्र्ने । सेवा प्रदान गर्ने एप भएकाले पनि इन्भाइटोले प्रयोगकर्तालाई उच्च स्तरिय एवम् सहज सेवा प्रदान गरेको छ । यसैकारण, थापा र उनको टोलीले आफ्नो सेवामा मुख्य प्राथमितामा प्रयोगमा सहजतालाइ दिएको छ । यसको निर्माणटोलीले पनि सुक्ष्म ढंगले एपको विकास गरेका छन् । प्रयोगकर्ताले सेवा प्रदायकलाई वाष्तविक ठेगानाबाट वा परिमार्जित ठेगानाबाट सेवाका लागि दर्ता गर्न सक्नेछन् । साना व्यवसायहरुले आफ्नो प्रचार समाग्रीहरु प्रस्तुत गर्न मिल्ने व्यवस्था पनि इन्भाइटोमा रहेको छ । साथै, ठेगानाकै आधारमा नजिको सेवाग्राहि र सेवाप्रदायकलाई यो एपले छिटो भेट गराउछ ।

कानुनी प्रावधान र राष्ट्र बैंकको सुचनाः
कतिपयलाई नेपाल राष्ट्र बैंकको हालसालै प्रकाशित सुचनाले अन्योलमा पारेको होला । हालसालै राष्ट्र बैंकले प्रकाशित गरेको सुचनाले धेरैको ध्यानाकर्षण गरेको छ; मूख्यत व्यवसायीहरुको । उक्त सुचनामा बैंकले प्रष्ट रुपमा अन्य राष्ट्र संग कुनै पनि इन्टरनेट माध्यममा विज्ञापन गर्न रकम लीने र दिने कार्य कानुन विपरित रहेको उल्लेख गरेको छ । यस अन्तर्गत सामाजिक सञ्जालमा विज्ञापनका लागि गरीने खर्च पनि पर्दछ ।
त्यसोभए, यो सुचनाका आधारमा इन्भाइटोमा विज्ञापन गर्दा समस्या पर्छ होला त? ढुक्क हुनुस, समस्या पर्दैन । इन्भाइटोमा विज्ञापन सामग्री प्रस्तुत गर्न चिन्ता लिनु पर्ने अवस्था छैन किनकि यो स्वदेशी एप हो । आफ्नो व्यवसायलाई प्रबद्र्धन गर्दै धेरै मानिसमम्म पुग्न यो एप सहयोगी रहन्छ जुन पुर्ण रुपमा कानुनी हो । सेवा लिने र दिनेलाई जोड्ने मात्र नभई इन्भाइटोको अर्को पनि उद्धेश्य रहेको छ । यसले धेरै व्यवसायीलाई आफ्नो व्यवसायबारे जानकारी गराउने मौका समेत दिएको छ । व्यवसायीलाई नयाँ ग्राहकसंग सम्पर्कमा आउन इन्भाइटो फलदायी रहनेछ ।यसकारण यो सेवा लिने र दिने लाई समान जीत दिलाउने एप हो

 

सारांशमा अनिलका कुरा “व्यवसायको विकास गर्दै लैजानु सहज काम होइन, यसका लागि कडा मिहिनेत, असफलता र अप्रत्यासीत नतिजाहरुसंग लड्दै जानुपर्छ तर, यी सबैका बावजुत पनि आफ्नो लगाव भने छाड्नुहुन्न ।“ उहाँ थप्नुहुन्छ, “मैले थुप्रै व्यवसायमा हात हाले र केहि असफलता पनि भेगे तर, आफुलाई भरोसा गर्न छोडिएन भने, पहिले भन्दा बलियो बन्दै सृजनशील बन्न सकिन्छ । “ “इन्भाइटोले नेपाली बजारका विभिन्न समस्याको समाधान गर्ने प्रशस्त सम्भावना बोकेको छ । प्राय मानिसहरुले स्मार्टफोन र इन्टरनेट प्रयोग गरीरहेको अवस्थामा यसको भविष्य धेरै उज्वल रहेको छ ।“

अन्त्यमा

सृजनशील सोच र वर्षौको अनुभवले, अनिल थापाले नेपाली जनमानसको जीवनशैलीलाई सहज बनाउदै लैजाने उद्धेश्य राखेका छन् । इन्भाइटोलाई उत्कृष्ट बनाउन उनी शुभेच्छुकहरुबाट सल्लाह, सुझाव र प्रतिक्रिया प्राप्त गर्न तत्पर छन् ।