देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इतिहास रच्दै मेस्सिले छैटौंपटक बालोन डी’ओर अवार्ड जिते

देशान्तर

अर्जेन्टिना तथा बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सीले इतिहास रच्दै विश्व फुटबलको  सबैभन्दा प्रतिष्ठित बालोन डी’ओर अवार्ड छैटौंपटक जितेका छन् । गएराति फ्रान्सको पेरिसमा आयोजित विशेष कार्यक्रममा आयोजक फ्रान्स फुटबलले ३२ वर्षिय फरवार्ड मेस्सीलाई सन् २०१९ को सर्वाेकृष्ट खेलाडि घोसित गरेको हो ।

मेस्सीले क्रिस्टियानो रोनाल्डो, साडियो माने र भिर्गिल भान डायकलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

मेस्सी ६ पटक बालोन डीुओर अवार्ड जित्ने पहिलो खेलाडी हुन् । मेस्सीले यस अघि सन् २००९,१०,११,१२ र २०१५ मा यस अवार्ड जितेका थिए । मेस्सीपछि रोनाल्डोले ५ पटक अवार्ड जितेका छन् ।

मेस्सी ६ पटक बालोन डी’ओर अवार्ड जित्ने पहिलो खेलाडी बन्न सफल भएका हुन ।

यसैबिच, महिला तर्फको अवार्ड अमेरिकी खेलाडी मेगन रापोनीले जितिन् ।

तेस्तै,  लिभरपुलका एलिसन बेकरले उत्कृष्ट गोलकिपर अवार्ड जिते ।

विश्वभरका कप्तान, प्रशिक्षक तथा खेल पत्रकारहरुको मतको आधारमा यस अवार्ड प्रदान गरिन्छ ।