देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आलमलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति

देशान्तर

काठमाण्डौ – हत्या आरोपमा पक्राउ परेका निलम्बित सांसद मोहम्मद अफताब आलमलाई रौटहट जिल्ला अदालतले थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाइ समय दिइएको छ ।

पहिलो पटक थपएिको ७ दिनको म्याद सकिएपछि प्रहरीले आइतबार अनुसन्धानका लागि थप समय चाहिएको भन्दै म्याद थप गर्न जिल्ला अदालत रौतहटमा उपस्थित गराएको थियो । न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति दिएको हो ।

आलमलाई प्रहरीले गएको असोज २६ गते पक्राउ गरेर हिरासतमा राखेको थियाे । आलमलाई प्रहरीले हत्याको अभियोगमा १२ वर्षपछि पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

पहिलो पटक जिल्ला अदालतमा उपस्थित गराउँदा आलमले बयान दिन इन्कार गरेका थिए । दोस्रो पटक अस्वस्थ भन्दै बयान नदिएका आलमलाई आइतबार फेरि अदालत उपस्थित गराइएको हो ।