देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आलमको बहस लम्बियो, घटना नै नभएको आलम पक्षका वकिलको दलिल

देशान्तर

काठमाडौँ । रौतहटको राजपुर फरहदवामा १२ वर्षअघि भएको बम विस्फोट घटनाको आरोपमा पक्राउ परेका पूर्व सासंद मोहम्मद आफताब आलमको थुनछेक बहस लम्बिएको छ ।

राजपुरमा कुनै घटना नै नघटेको, बम विस्फोट नै नभएको, राजनीतिक पूर्वाग्रहले आफुलाई फसाइएको भन्दै उनको बचाउतर्फ रौतहट र काठमाडौंका गरी ३५ जना कानुन व्यवसायीले बहस गर्ने भएकाले बहस लम्बिएको हो । बहस गर्न बरिष्ठ र चर्चित वकिलहरुले समेत जिल्ला अदालत गौरमा वकालतनामा दर्ता गराएका छन् ।

आलमलाई अनुसन्धानका लागि भन्दै प्रहरीले गत असोज २६ गते पक्राउ गरेर थुनामा राखेको छ । उनीमाथि अनुसन्धान सकेर प्रहरीले आलम र उनका भाइ महताब आलमसहित ११ जनालाई प्रतिवादी बनाई जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो। आलमविरुद्ध सर्वस्वसहित जन्मकैद सजाय माग दाबी गरिएको छ ।

२०७४ सालमा आएको नयाँ मुलुकी अपराधसंहितामा सर्वस्वसहित जन्मकैदको व्यवस्था छैन। तर आलमको केस मुलुकी अपराधसंहिता लागू हुनुभन्दा पहिलाको भएकाले पुरानो मुलुकी ऐन २०२० अनुसार सर्वस्वसहित जन्मकैद मागदाबी गरिएको हो ।