देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अस्ट्रेलियामा वर्षा पछि आगलागी प्रभावितलाई केही राहत, तापक्रम पनि केही  घट्यो

देशान्तर

 

सिड्रनी स् अस्ट्रेलियाको जङ्गलमा लागेको आगोलाई लिएर पूरै विश्वमा आवाज उठिरहेको छ । सामाजिक सञ्जालमा ह्यासट्याग अस्ट्रेलियाका लागि प्रार्थना (#prayforaustralia)  ट्रेण्ड चलिरहेको छ ।

विश्वभरिका मानिसले अस्ट्रेलियाको जङ्गलमा लागेको आगो रोकियोस् भनेर प्रार्थना गरिरहेका छन् । यसैबीच सोमबार वर्षा भएपछि मानिसहरुले केही राहत महसुस गरे । वर्षापछि तापक्रम केही घटेको छ । आगलागीकै कारण अस्ट्रेलियाको तापक्रम ५० डिग्री सेल्सियससम्म पुगेको थियो ।

आगलागीका कारण झण्डै ५० करोड जीवजन्तु र पशुपंक्षी जलेर नष्ट भइसकेका छन् । गएको सेप्टेम्बरबाट सुरु भएको आगलागीले अहिलेसम्म कम्तीमा २४ जनाको ज्यान लिइसकेको छ भने झण्डै ५० लाख हेक्टरमा लगाइएको अन्नबाली पनि नष्ट भइसकेको छ ।

आगलागीका कारण न्यु साउथ वेल्स राज्यका दुई जना अझै बेपत्ता छन् । आगलागी झन् भीषण बन्दै गइरहेको छ । झण्डै दुई हजार घर जलेर खरानी भइसके ।