देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अस्ट्रेलियामा रहेका नेपालीहरूको लोकतान्त्रिक मञ्चमा सापकोटा

देशान्तर

सिड्नी । अस्ट्रेलियामा रहेका लोकतन्त्रवादी नेपालीहरूको संस्था नेप्लिज अस्ट्रेलियन डेमोक्रेटिक फोरम (एनएडीएफ)को अध्यक्षमा पूर्व देशान्तरकर्मी सुरेन्द्र सापकोटा निर्वाचित भएका छन् । मञ्चको शनिबार सम्पन्न १०औं साधारणसभामा भएको मतदानमा उनी निर्वाचित भएका हुन् ।

एक सय आठमध्ये सापकोटालाई ५५ मत परेको थियो भने उनका प्रतिद्वन्द्वी बुद्धि डल्लाकोटीले ५३ मत पाएका थिए । यसैगरी उपाध्यक्षमा माधव गैरे र हरिभक्त अधिकारी निर्विरोध निर्वाचित भएका छन् । महासचिव पदमा भने भीष्म भण्डारी ७५ मत ल्याई विजयी भएका छन् । उनका प्रतिस्पर्धी सरोज पाण्डेले ३३ मतमात्र प्राप्त गरे ।

यसैगरी सचिवमा सत्यप्रकाश कँडेल, कोषाध्यक्षमा प्रज्वल भट्टराई, जनसम्पर्क अधिकारीमा हरिकृष्ण अधिकारी, युवा संयोजकमा मनोज आचार्य र सामाजिक तथा सांस्कृतिक संयोजकमा अञ्जना कार्की बस्नेत निर्विरोध निर्वाचित भएका छन् । संस्थाका सदस्यहरू भने चयन हुन बाँकी छ ।

सधारणसभाको उद्घाटन प्रमुख अतिथिको रुपमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले गरेका थिए । उनले नेपालमा लोकतन्त्रको जगेर्ना गर्न कांग्रेसको विकल्प नरहेको बताए । लोकतन्त्र र आर्थिक समृद्धिको निम्ती कांग्रेसको सरकार अपरिहार्य रहेको कुरामा जोड दिए । यसैगरी विशिष्ट अतिथीको रुपमा सम्बोधन गर्दै कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री एनपी साउदले लोकतन्त्र प्रवद्र्धनका निम्ती एनएडिएफको भूमिकाको चर्चा गर्दै विदेशमा बस्ने नेपालीहरुले देशको विकासका लागि गरेको योगदानको चर्चा गरे । कार्यक्रममा अतिथिको रुपमा बरिष्ठ पत्रकार हरिहर विरही र कविर राणाले सम्बोधन गरेका थिए । साधारणसभा एनएडिएफका निवर्तमान अध्यक्ष विवेक थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।