देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अस्ट्रेलियामा आगो निभाउने अमेरिकी एयरक्राफ्ट दुर्घटना हुदा अमेरिकी नागरिकको मृत्यु

देशान्तर

सिड्नी । अस्ट्रेलियामा आगो निभाउने क्रममा अमेरिकी विमान दुर्घटनामा पर्दा केही अमेरिकी नागरिकको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । ठूलो एयर ट्यांकर र क्रुहरू दक्षिणी न्यु साउथ वेल्समा बिहीबार स्थानीय समयअनुसार १ बजेर ३० मिनेटमा हराएको बीबीसीले जनाएको छ ।

दुर्घटनाको कारण खुलेको छैन । न्यु साउथ वेल्सका प्रधानमन्त्री ग्याडिज बेरेजिक्लियनले सो विमान हिउँ परेको पर्वत क्षेत्रमा क्यानबेराबाट दुई घण्टाको दूरीमा दुर्घटनामा परेको जनाएका छन् ।

तीन क्रु मेम्बरको पहिचान नखुलेको र तर उनीहरू अमेरिकी नागरिक भएको जनाइएको छ । सो क्षेत्रमा हर्कुलस सी १३० वाटर बम्बिङ एयरक्राफ्ट आगो निभाउन खटाइएको थियो । सो राज्यमा ८० भन्दा बढी आगो विभिन्न ठाउँमा फैलिएका छन् ।