देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

असीम कुमार कटुवालको दोलखा चरिकोट सांगितिक बजारमा

देशान्तर

एक पछि अर्को गित पस्कने क्रममा असीम कुमार कटुवालको दोलखा चरिकोट’ बोलको गीत सार्वजानि भएको छ । दोेलखा मा जन्मिएका कटुवालले दोलखाको बिभिन्न प्रकृतिक सम्पदा र सबै ठाउको वर्णण गरेका छन र यस गित बाट पर्यटन प्रर्वधन मा समेत टेवा पुग्ने आशंका गरिएको छ ।

साङ्गीतिक क्षेत्रमा अघि बढ्दै गरेका गायक कटुवालले दर्जनौं गीतहरू बजारमा ल्याएका छन् । पछिल्लोपटक भने उनले आफ्नै शब्द तथा सङ्गीत रहेको दोलखा चरिकोट बोलको गीत लिएर आएका हुन् ।

गीतमा कटुवाललाई देवी खड्काले आवाजमा साथ दिएकी छिन् ।कमल सौरगको सङ्गीत संयोजन रहेको गीतमा कुमार सानु पुन मगरको मिक्सिङ रहेको छ ।

राज तामाङले कोरियोग्राफी गरेको गीतलाई नारायण मगरले निर्देशन र सम्पादन गरेका छन् । राकेश रनपालको शृङ्गार र छायाङ्कनमा रामेश्वर जिरेल रहेको छ ।

दोलखाको विभिन्न स्थानमा छायाङ्कन गरिएको गीतको भिडियोमा पवन खतिवडा , रीना थापा मगर, नारायण मगर र देविका कटुवालको समेतको अभिनय रहेको छ ।

भिडियो सहित