देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अल्फा तेक्वान्दो डोजाङ्गद्धारा तेक्वान्दोमा २ स्वर्ण जित्ने सुनितालाई सम्मान

देशान्तर

 

काठमाडौं । खुल्ला अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोतामा २ स्वर्ण जित्ने खेलाडी सुनिता बिष्टलाई अल्फा तेक्वान्दो डोजाङ्गले सम्मान गरिएको छ। अल्फा तेक्वान्दो डोजाङ्गको आयोजनामा एक कार्यक्रम गरि बिष्टलाई घोराहीमा सम्मान गरिएकोे गरेको हो ।

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले नेपालबाट प्रतिनिधित्व गर्दै भारतमा भएको सिनियर महिला फाईटतर्फ २ स्वर्ण जितेर नेपालसंगै दाङको गौरवलाई खेलमार्फत परिचित गराएको भन्दै बिष्टको प्रसंसासमेत गर्नु भएको थियो । गत पुस १२ गते भारतको पश्चिम वंगालको असान सोलमा भएको प्रथम खुल्ला तेक्वान्दो प्रतियोगीता र १४ गते पश्चिम वंगालकै कोलकोत्तामा भएको एन. डो. नेपाल खुल्ला अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगीतामा खेलाडी सुनिताले २ स्वर्ण जितिकी थिईन् ।