देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिका-इरान विवादले नेपाली बजारमा यसरी अचाक्ली बढ्दैछ सुनको भाउ

देशान्तर

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। शुक्रबार ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन साताको पहिलो दिन बजार खुल्नेबित्तिकै १ हजार बढेर तोलामा ७५ हजार ५ सय रुपैयाँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजाबी सुन भने तोलामा ७५ हजार २ सय रुपैयाँ कायम भएको छ। यो खबर आजको कारोबार दैनिकले छापेको छ। शुक्रबार तेजाबी सुनको मूल्य ७४ हजार २ सय रुपैयाँ थियो।

एक महिनाको अवधिमा छापावाल र तेजाबी सुन ३ हजार ८ सय रुपैयाँले बढेको छ। अमेरिका र इरानबीचको विवादले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि हुँदा त्यसको प्रभाव नेपाली बजारमा परेको जनाइएको छ।