देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकामा सक्रिय हुँदै नेविसंघ, गोर्खाली फुटबल लिगको दोश्रो संस्करण समापन

देशान्तर

न्यू मेक्सिको (अमेरिका) । नेपाल विद्यार्थी संघ अमेरिकाद्वारा आयोजित गोर्खाली फूटबल लिगको दोश्रो संस्करण समापन भएको छ । अमेरिकाको न्यू मेक्सिको राज्यस्थित युनिभर्सिटी अफ न्यू मेक्सिकोको जोन्सन फिल्डमा गत सेप्टेम्बर १४ देखि सुरू भएको उक्त फूटबल लिग आज अक्टोबर १९ गते सनिवारका दिन अन्तिम खेलको आयोजना तथा बिजयी खेलाडीहरूलाई पुरस्कार तथा सम्मान वितरण गरी संम्पन्न गरिएको नेपाल विद्यार्थी संघ अमेरिकाका प्रवक्ता त्रिभुवन पाण्डेले जानकारी दिए ।

टिम फेवा र टिम से-फ़ोक्शुण्डो बीच भएको उक्त फाइलन खेलमा अन्त्यन्तै कडा प्रतिस्पर्धाका बीच टिम फेवाका तर्फ़बाट समिम अक्रम खानले एक र बिकु थापाले एक गरि दुइ-जिरो (२ -०) को गोल अन्तरले लिगको विजेता बनेको हो। फाइनल खेल समापन भए लगत्तै खेलाडीहरूको मनोबल बढाउन तथा प्रतिस्पर्धी खेलाडीहरूलाई धन्यवाद ज्ञापन गर्दै पुरस्कार वितरण कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रतियोगी चारवटा टिम, युनिभर्सिटीमा अध्ययनरत अन्य विद्यार्थी तथा स्थानीय नेपाली समुदायको सहभागितामा सम्पन्न कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघ न्यु मेक्सिको च्याप्टरका अध्यक्ष नविन पाण्डेले यस्ता कार्यक्रमले नेपालभन्दा बाहिर रहेका विद्यार्थीमा आपसी सहयोग, मेलमिलाप र भातृत्व कायम गर्न सहयोग पुर्याउने विचार व्यक्त गरे । उनले नेपाल विद्यार्थी संघले निकट भविष्यमै क्रिकेट र अन्य खेलहरूको पनि आयोजना गर्ने तयारी गरिरहेको जानकारीसमेत गराए।

यसैगरी न्यु मेक्सिको राज्यमा सक्रिय रुपमा खेलकुदमा लाग्नु हुने अग्रज दिपेन्द्र हुमागाईंले आगामी दिनहरूमा खेलकुदका गतिबिधीहरूलाई अझै बृहतरुपमा अगाडी बढाउनु पर्ने कुरामा जोड दिए।

कार्यक्रमका प्रमुख अतिथि इन्जिनियर नारायण शाहीले नेपाली खेलाडीहरूको खेल कौशललाई प्रशंसा गर्दै नेपाली विद्यार्थीहरूले आफ्नो ज्ञान र सीपलाई अझै संगठित ढङ्गबाट बिकास गर्दै जानुपर्ने र त्यस कार्यमा आफूले जस्तोसुकै सहयोग गर्न तत्पर रहेको बताए । न्यु मेक्सिको विश्वविद्यालयमा अध्यनरत विद्यार्थी तथा उक्त कार्यक्रमका संयोजक बिनोद शर्माले, खेलकुदले सबैलाई एकत्रित गर्नमात्र नभई शारीरिक तथा मानसिक स्फूर्ति पनि प्रदान गर्ने भएकाले यस्ता कार्यक्रमहरू अन्य विश्वविद्यालयहरूमा समेत बिस्तार गर्दै लैजानुपर्ने धारणा ब्यक्त गरेका थिए ।

विगत केही वर्षदेखि सामाजिक कार्यहरुमा अग्रणी रुपमा सरिक हुँदै आइरहेको नेपाल विद्यार्थी संघले अहिले सम्म अमेरिकाका विभिन्न ९ ओटा राज्यहरुमा शाखा बिस्तार गरि विद्यार्थी र युवाहरुलाई यसै गरि विभिन्न कार्यक्रमहरु आयोजना गर्दै सक्रिय बनाउदै आएको कुरा संस्थाका अध्यक्ष प्रभात राज सापकोटाले देशान्तरलाई बताए ।