देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अभिभावकबिहीन बालबालिकाको अभिभावकत्व सरकारले लिन्छ : प्रधानमन्त्री

देशान्तर

काठमाडाै‌ ।  आज राष्ट्रिय बाल दिवश मनाईदैछ । यस बर्षको दिवशको नारा ‘सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार’ रहेको छ । नेपालले संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाउने गएिको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाका विरुद्धमा हुने हिंसा, शोषण एवं दुव्र्यवहार कुनै पनि हालतमा सह्य नहुने बताएका छन्  ।
राष्ट्रिय बाल दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले अभिभावकबिहीन बालकालिकाको अभिभावकत्व राज्यले लिने बताएका हुन । प्रधानमन्त्रीले सन्देशमा सडक बालबालिकाको व्यवस्थापन, बालश्रम निमूर्लन र जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाको जीवनमा परिवर्तन गर्न सरकारले विशेष पहल थालेको स्पष्ट पारे  ।