देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अपराजीत नेपालले आज उपाधिका लागि माल्दिभ्ससँग खेल्दै

देशान्तर

बंगलादेशको राजधानी ढाकामा जारी एभीसी सेन्ट्रल जोन महिला भलिबलको उपाधिका लागि नेपालले आज बिहीबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै छ । अपराजित नेपाल समुह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई नै हराउदै उपाधि नजिक पुगेको हो ।

नेपालले सबै खेलमा ३–० कै सेटमा नतिजा आत्मसाथ गरेको छ ।

नेपालसहित यो प्रतियोगितामा बंगलादेश, माल्दिभ्स, कीर्गिस्तान र अफगानिस्तानले प्रतिस्पर्धा गरेका छन् ।

आज नेपाल विजयी भए स्वर्ण पदक हात पार्ने छ । नेपाली टिम मंसिरमा नेपालमा आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद सागको तयारीका क्रममा पनि रहेको छ ।

नेपाल र माल्दिभ्सबीचको फाइनल खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजेदेखि सुरु हुने छ।