देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अतिरिक्त डर नपाल्न निजी क्षेत्रलाई अर्थमन्त्रीको आग्रह

देशान्तर

काठमाडौं । अर्थमन्त्री डा। युवराज खतिवडाले अतिरिक्त डर नपाल्न निजी क्षेत्रलाई आग्रह गरेका छन् ।

६८ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अबसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै डा। खतिवडाले अर्थतन्त्र सकारात्मक बाटोमा रहेको र सरकारी नीति असल व्यवसायीका लागि फलदायी रहेको प्रष्ट्याए ।

सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान गलत गर्नेका लागि मात्रै आकर्षण हुने उनले बताए ‘नजी क्षेत्रका साथीहरू आत्तिएको पाएँ । यस्तो होइन, गलत ठाउँमा मात्रै डण्डा चल्छ’ उनले भने ।

राजश्व लक्ष्यलाई लिएर आफू नडराएको भन्दै उनले यसका लागि निजी क्षेत्रमाथि डण्ठा नचलाउने बताएका छन् । उनले विदेशी मुद्रा सञ्चितिमा मुलुक दक्षिण एसियामै राम्रो रहेको तथा बैंक ब्याजदरको समस्या नरहेको धारणा राखे ।