देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्वास्थ्य उपकरण खरिदसम्बन्धी नेपालले पठाएको सम्झौतापत्रमा चीनले हस्ताक्षर गर्‍यो

देशान्तर

काठमाडौं । कोरोना भाइरस कोभिड १९को उपचार तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामाग्री खरिद गर्न चीनसँग सम्झौता भएको छ । नेपालका तर्फबाट गत बिहीबार पठाइएको सम्झौतापत्रमा चिनियाँ पक्षले २१ अप्रिल आज हस्ताक्षर गरेको हो । नेपालले चिनियाँ पक्षले उपलब्ध गराएको स्वास्थ्य सामग्रीको मूल्यलाई स्वीकार गर्दै सम्झौतापत्र पठाएको थियो ।

सम्झौता भएको दुई दिनभित्र नेपालले रकम पठाउनुपर्ने नियमअनुसार सोमबार रकम पठाइएको नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार पैसा पठाएको एक सातामा स्वास्थ्य सामग्री आइपुग्ने छ । सम्झौताअनुसार ६७ किसिमका ३ सय ४० टन स्वास्थ्य सामग्री चीनबाट ल्याइनेछ ।

सरकारले नेपाली सेनामार्फत् स्वास्थ्य सामग्री खरिद गर्ने निर्णय गरेसँगै कोभिड १९ क्राइसेस म्यानेजमेन्ट सेन्टर अपरेसन ९सीसीएमसीं–अप्स० मार्फत् खरिद प्रक्रिया अघि बढाइएको हो । स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा रक्षा मन्त्रालयमार्फत् नेपाली सेनाले जिटुजी प्रक्रियाबाट स्वास्थ्य सामग्री ल्याउन लागेको हो ।