देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

समाचार प्रति नेपाली दूतावासको ध्यानाकर्षण

देशान्तर

क्वालालम्पुर । मलेसियाका लागि नेपाली राजदूत डा.निरञ्जन मान सिंह बस्न्यातको नाम जोडेर आएको समाचार प्रति दूतावासको गंभीर ध्यानाकर्षण भएको जनाएको छ । दूतावासले शुक्रबार प्रेस विज्ञप्ति जारि गर्दै नेपाल बैदेसिक रोजगार संघले काठमाण्डौमा पत्रकार सम्मेलन गरि लगाएको आरोपलाई खण्डन गर्दै ध्यानाकर्षण भएको जनाएको हो । 

श्रम तथा रोजगार मन्त्री दिपक बोहरास“ग आएको नेपालको टोलीलाई यहाँको संशाधन मन्त्रीसँगको भेटमा सामेल नगराएको भन्दै बेदेसिक रोजगार संघले आपत्ति जनाएको थियो । दूतावासले कुनै पनि दुई देश वीच हुने द्धिपक्षीय बार्ता तथा बैठकहरुमा निजि क्षेत्रलाई सामेल गराउने अन्तरर्राष्ट्रिय प्रचलन नरहेको बिज्ञप्तिमा उल्लेख गरिएको छ । साथै यस बिषयमा मलेसिया सरकार नै सहमति नभएकोले सामेल नगराईएको जनाईएको छ ।

विज्ञप्तिमा भनिएको छ भीएलएन, बायो मेट्रिक, माईग्रामस, आईसियस संस्थासंग राजदूतको नाम जोडिलगाईएको आक्षेप कपोलकल्पित तथा आधारहिन हो । संघको क्रियाकलाप प्रति राजदूतावास खेद प्रकट गर्दछ, बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

]]>