व्यापारको आवरणमा बाँस्तोलाको ठगीधन्दा - eDeshantar News

व्यापारको आवरणमा बाँस्तोलाको ठगीधन्दा

  • 14
    Shares

पोखरा । कास्कीस्थित पोखरा महानगरपालिका शिव बाँस्तोला पेसाले व्यापारी हुन् । आवरणमा व्यापार देखिए पनि बाँस्तोलाको ठगीधन्दा रोचक छ । उनी जग्गा व्यापारीसँगै रिकन्डिसन गाडीको व्यापारसमेत गर्छन् ।
तर, उनको भित्री धन्दा भनेको मिटरब्याजमा पैसा लगाउने नै हो । उनले थुप्रैसँग ऋण मागे ।

तर तिरेनन् । रीता पहाडी, अमिर गुरुङ, डेकबहादुर गुरुङ, कृष्णकुमारी गुरुङलगायत दर्जनौं व्यक्तिले बाँस्तोलालाई विश्वासमा करोडौं रुपैयाँ दिए । बाँस्तोलाले ‘दिन्छु दिन्छु’ भन्दै आश्वासन दिँदै आए । तर तिरेका छैनन् ।

बाँस्तोलाले रीतालाई साढे तीन करोड, गुरुङलाई ७० लाख, डेकबहादुर र कृष्णकुमारीलाई ९१ लाख तिर्नु छ ।

यतिमात्रै होइन, बाँस्तोलाले विभिन्न व्यक्तिलाई अझै करिब १५ करोड रुपैयाँ तिर्नुछ । बैंकबाट लिएको कर्जा ४२ लाख रुपैयाँ नतिरेपछि उनी कालोसूचीमा परेका छन् । बाँस्तोलाले प्रभु बैंकबाट कर्जामा गाडी खरिद गरे । तर कर्जा तिरेनन् । थुप्रै सहकारीबाट उनले एक करोड ३१ लाख रुपैयाँ लिएका बाँस्तोलाले अझै तिरेका छैनन् ।

ऋण लिने र विश्वासमा चेक दिंँदै आएका बाँस्तोलाले दिएको चेक पीडितहरूले बाउन्स गराएर राखेका छन् । ‘प्रहरीमा उजुरी नदेऊ म तिरिदन्छु’ भन्दै बाँस्तोलाले पीडितलाई आश्वासन दिन्छन् तर तिर्दैनन् ।

ए वान कम्पनीका सञ्चालकसमेत रहेका बाँस्तोलाले विगत तीन वर्षदेखि ठगीको धन्दा सञ्चालन गर्दै आएका छन् । उनी मिटरब्याजमा पैसा लगाउन माहिर छन् । ठगीको धन्दाबाट आएको कालो धनलाई सेतो बनाउन बाँस्तोलाले आदर्श नेपाल नामको पत्रिका सञ्चालन गर्ने तयारी गरेको जानकारहरू बताउँछन् ।

मिटरब्याजमै पैसा लगाउन बाँस्तोलाले करोडौं रुपैयाँ उठाउने तर समयमै तिर्न नसकेपछि उनी लुकिछिपी हिँड्दै आएका छन् । पीडितले आफूले दिएको ऋण फिर्ता माग्न फोन गरे पनि उनले नम्बरहरू समेत परिवर्तन गर्दै आएको एक पीडित बताउँछन् । उनी भन्छन्, ‘हामीबाट पटकपटक गरी पैसा लिए तर तिँदैनन् । आजै दिन्छु भोलि दिन्छु भनेर टार्दै आएका छन् ।’

उनले बाँस्तोलालाई दिएको ऋण फिर्ता नहुँदा उल्टै आफूले बैंकको लोन बुझाउन परेको दुःखेसो पोखे । ‘बाहिरबाट हेर्दा शालीन देखिने तर भित्री गोरखधन्दा अर्कै रहेछ । केही महिना पैसाको ब्याज तिर्ने तर साँवा माग्न खोज्दा सम्पर्क नै नआउने, ती पीडितले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘बाँस्तोला ठगीको नटवरलाल नै हो ।’


  • 14
    Shares

Facebook Comments