विश्वकप छनोट; अन्जनको दुई गोलमा नेपालको ऐतिहासिक जित - eDeshantar News

विश्वकप छनोट; अन्जनको दुई गोलमा नेपालको ऐतिहासिक जित

  • 52
    Shares

काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने विश्वकप छनोट अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले ऐतिहासिक जित निकालेको छ । मंगलबार भएको खेलमा घरेलु टोली चाईनिज ताइपेलाई २-० गोल अन्तरले पराजित गर्दै नेपालले शानदार जित निकालेको हो ।

ताइपे स्टेडियममा भएको खेलमा नेपाललाई जित दिलाउन अन्जन बिष्टले एक्लैले दुई गोल गरे ।

खेलको तेस्रो मिनेटमा हेड गोल गर्दै अन्जनले त्यसपछि खेलको दोस्रो हाफको ६३ औं मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २-० को जित दिलाए ।

नेपालको ऐतिहासिक जित;

नेपालले विश्वकप छनोटको दोस्रो चरणमा ऐतिहासिक जित दर्ता गरेको छ । यस्तै ताइपेविरुद्ध पनि नेपालको पहिलो जित हो ।
ताइपेविरुद्धको जितसँगै मुख्य प्रशिक्षक योहान कालिनले ६ खेलपछि जित निकालेका छन् ।

जितसँगै समूह ुबीु को नेपालले २ खेलबाट ३ अंक जोडेको छ । र, नेपाल समूहको तेस्रो स्थानमा रहेको छ ।

अब नेपालले अक्टोबर १० मा अष्ट्रेलिया र अक्टोबर १५ मा जोर्डनसँग खेल्नेछ ।


  • 52
    Shares

Facebook Comments