देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विदेश गएका नेपाली वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपतिको आग्रह

देशान्तर

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले विज्ञान तथा अनुसन्धानको क्षेत्रमा लगानी बढाउन सरकारलाई सुझाव दिएका छन् ।
उनले विदेश पलायन भएका नेपाली वैज्ञानिकहरुलाई स्वदेश फर्कन आग्रह पनि गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयको ‘रिकास्ट’को सहकार्यमा नेपाल पोलिमर ईन्चिच्युटले आयोजना गरेको उन्नत सामाग्रीसम्बन्धी चौथो अन्तराष्ट्रिय सम्मेलन को काठमाडौंमा उद्धघाट्न गर्दे उपराष्ट्रपति पुनले स्वदेश फर्की मुलुकको समृद्धिको लागी योगदान गर्न बिदेशमा रहेका नेपाली युवा बैज्ञानिकलाइ आह्वान गरे ।

उनले नेपाल बिकास र समृद्धिको बाटो तर्फ अघि बढिरहेको भन्दै नेपाली बैज्ञानिक र अनुसन्धानकर्ताको स्वदेशमा खाँचो रहेको बताए । उनले नेपालमा रहेका बैज्ञानिक र नेपाल फर्कन चाहने बैज्ञानिकहरुका लागी सरकारले नेपालमा नै उचित सिप प्रयोग गर्न वातावरण बनाउनुपर्ने धारणा राखे ।

शुक्रबारदेखि चार दिनसम्म चल्ले काठमाडौ सम्मेलनमा बिभिन्न देशका बैज्ञानिक र अनुसन्धानकर्ताको सहभागीता रहेको छ । सम्मेलनले काठमाडौं घोषणापत्र जारी गर्ने आयोजकले जनाएको छ । सम्मेलनमा नेपाल, अमेरिका, ईटाली, दक्षिण कोरिया, भारत, चेक रिपब्लिक, जापान, जर्मनीलगायतका १५ देशका वैज्ञानिक तथा अनुसन्धानकर्ताको सहभागिता रहेको छ ।