लोकसेवा आयोगद्वारा गरिएको विज्ञापन खारेजीको माग गर्दै बालुवाटारमा जनजातिद्वारा धर्ना - eDeshantar News

लोकसेवा आयोगद्वारा गरिएको विज्ञापन खारेजीको माग गर्दै बालुवाटारमा जनजातिद्वारा धर्ना


आरक्षण बचाऔं आन्दोलन’ गर्दै आइरहेका आदिवासी जनजातिले आज बालुवाटारमा धर्ना दिएका छन् ।
लोकसेवा आयोगद्वारा गरिएको विज्ञापन खारेजीको माग गर्दै उनीहरु धर्नामा बसेका हुन् ।
उनीहरुले बालुवाटारको निषेधित क्षेत्रअगाडि नाराबाजी गर्दै धर्ना दिएका थिए । कार्यक्रमस्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो ।
दुई दिनअघिमात्र आदिवासी जनजाति समूहले भद्रकालीमा पनि विरोध कार्यक्रम गरेका थियो ।


Facebook Comments