देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राजनीति खुकुलो बनाउने नाममा विदेशीले नागरिकता पाउनु हुँदैनः खनाल

देशान्तर

काठमाडौं । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले ऐनहरु निर्माण गर्दा संविधानको मर्म अनुसार बनाउनुपर्ने बताएका छन्। नागरिकता विधेयकमा छलफल गर्न आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। नेपाली नागरिक नछुट्ने र विदेशीले नपाउने गरी नागरिकता विधेयकलाई ल्याउनुपर्ने उनले बताए।

‘खुकुलो बनाउने नाममा विदेशीले नागरिकता पाउनु हुँदैन,’ उनले भने, ‘एक प्रतिशत जनता पनि यताउता भए पनि सामाजिक संरचना नै खल्बलिन्छ।’ नागरिकताको विषयमा कमजोरी भए यसले देश विकासमा पनि चुनौती थप्ने खनालले बताउ। उनले यस विषयमा सचेत बन्नका लागि सांसदहरुलाई आग्रह समेत गरे। कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा जतिपनि आन्दोलन भएका छन् ती सबै अन्त्यमा गएर विदेशीलाई नागरिकता दिएर टुंगिने गरेको बताए।

‘तीन जनाले सिफारिस गर्दैमा नागरिकता पाउनु गलत हो,’ उनले भने, ‘अंगिकृत नागरिकताले राष्ट्रप्रमुख, सेना प्रमुख लगायतको माग गरेका छन्। त्यो गलत हो।’ साथै उनले नेपाली नेताह बाह्य शक्तिको प्रभावमा चल्न नहुने पनि बताए।