मैदानमा दादागिरि देखाउने खेलाडिलाई एन्फाले गर्‍यो कारबाही - eDeshantar News

मैदानमा दादागिरि देखाउने खेलाडिलाई एन्फाले गर्‍यो कारबाही

  • 7
    Shares

काठमाण्डौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत दशरथ रंगशालामा गएको सोमबार मनाङ र मछिन्द्रको खेल चलिरहेको थियो । पाचौं चरणको निकै महत्वपूर्ण खेल २-२ गोलको बराबरिमा सकियो निर्धारित ९० मिनेटको खेल सकिएपछि रेफ्रीले अन्तिम सिट्ठी फुके। त्यसपछि दुवैतर्फका खेलाडीले एकअर्काप्रति सौहाद्र्रता र सम्मान व्यक्त गर्दै मैदानबाट बाहिरिनुपर्ने थियो। तर, सोमबार रंगशालामा त्यसो भएन।

बरु दुई क्लबका खेलाडी आपसमा भिडे। मनाङका जगजित श्रेष्ठ र मछिन्द्रका दीपक राईबीच हानाहान भयो। स्थिति त्यतिमै रोकिएन। दुवै टोलीका खेलाडी, अफिसियल र बेन्चका खेलाडी मैदान प्रवेश गरे। कतिपयले आफ्ना साथीलाई रोके। सुरक्षाकर्मीले मैदानमै छिरेर स्थितिलाई नियन्त्रणमा लिनुपर्ने स्थिति आयो।

जे भयो त्यो नेपाली फुटबलका लागि सुखद् थिएन।

यसैबिचमा हिजो अखिल नेपाल फुटबल संघ (एन्फा)को अनुशासन समितिले उक्तदिन खेल मैदानमा दादागिरि देखाउने ६ जना खेलाडिलाई अनुशासनहीन कार्य गरेको भन्दै कारबाही गरेको छ ।

मनाङ र मच्छिन्द्रबीच पाँचौं चरणको खेल सकिएपछि दुवै पक्षका खेलाडीले एकआपसमा मैदानमै झगडा गरेका थिए । समितिले मनाङका मिडफिल्डर जगजित श्रेष्ठ र अशोक बराललाई पाँच खेल प्रतिबन्ध र १० हजार जरिबाना तथा रञ्जन विष्टलाई दुई खेल प्रतिबन्ध गरेको छ ।

यसैगरी मच्छिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाललाई दुई खेलको प्रतिबन्ध गरेको छ । झगडामा उत्रिएका मनाङका किड्स म्यानेजर शिव लामालाई खेलभर प्रतिबन्ध र १० हजार रुपैयाँ जरिबानाको कारबाही गरिएको एन्फाले जनाएको छ ।


  • 7
    Shares

Facebook Comments