मेस्सीको किर्तिमानी गोलमा बार्सिलोनाले च्याम्पियन्स लिगमा साल्भियालाइ हरायो - eDeshantar News

मेस्सीको किर्तिमानी गोलमा बार्सिलोनाले च्याम्पियन्स लिगमा साल्भियालाइ हरायो

  • 5
    Shares

स्टार खेलाडी लियोनल मेस्सीले नयाँ रेकर्ड बनाउँदा बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा जित हात पारेको छ । गएराति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले चेक क्लब साल्भिया परागलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

साल्भियाविरुद्ध खेलको तेस्रो मिनेटमा गोल गर्दै मेस्सी इतिहासमै पहिलोपटक च्याम्पियन्स लिगमा लगातार १५ सिजन गोल गर्ने पहिलो खेलाडी बनेका छन् । उनले च्याम्पियन्स लिग सिजन सन् २००५–६ बाट २०१९–२० को सिजन सम्म हरेक सिजनमा गोल गरेका छन् । साथै मेस्सी ३३ फरक टिमविरुद्ध गोल गर्ने खेलाडी पनि बनेका छन् । यसअघि राउल गोन्जालेज र क्रिस्टियानो रोनाल्डोले ३३ फरक टिमविरुद्ध गोल गरेका थिए ।

साल्भियाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन मेस्सीले एक गोल गरे । बार्सिलोनाले एक आत्मघाती गोल उपहार पाएको थियो ।

खेलको तेस्रो मिनेटमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए ।

जितसँगै समूह ‘एफ’को बार्सिलोनाले तीन खेलबाट ७ अंक जोडेको छ । बार्सिलोना शीर्ष स्थानमा रहेको छ । बार्सिलोनाको यो दोस्रो जित हो । यता पराजित साल्भिया एक अंकसहित पुछारमा छ ।


  • 5
    Shares

Facebook Comments