मलेसियामाथि सुदूरपश्चिमको शानदार जित - eDeshantar News

मलेसियामाथि सुदूरपश्चिमको शानदार जित

  • 4
    Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशले मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजयी सुरुवात गरेको छ । इनरुवामा शनिबार भएको समूह चरणको पहिलो खेलमा मलेसिया-११ लाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिमले सुखद सुरुवात गरेको हो ।

इनरुवा रंगशालामा मलेसियाले दिएको ५० रनको लक्ष्य सुदूरपश्चिमले ७ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।जितसँगै सुदूरपश्चिमले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । र, समूह ‘डी’ को सुदूरपश्चिमले २ अंक जोडेको छ ।


  • 4
    Shares

Facebook Comments