देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मनोरञ्जन र तन्दुरुस्तीका लागि ः गर्मीमा पौडी

देशान्तर

आज भोली गर्मीको रापबाट बच्न शरिरले शितलता खोजीरहेको हुन्छ । गर्मीको अनुभव सवैलाई हुन्छ । चर्को घामवाट बच्नको लागि एक छिन भए पनि रुखको छहारी, चौतारीमा वस्दा छुट्टै आनन्दको अनुभुति हुन्छ । गर्मीको समयमा त्यसै पनि हाम्रो शरिरले शितलता खोजिरहन्छ । यो समय गर्मीयामको समय भएको कारणले पनि दिन प्रतिदिन तापमापन बढेको बढ्यै छ ।

गर्मीको रापबाट शरिरलाई शितल प्रदान गर्नका लागि भए पनि प्राय सवैजना स्विमिङ पुल जान थाल्छन् । स्विमिङले गर्मीमा शितलताको राहत मात्र होईन कि, शारिरिक स्फुर्ति पनि बढाउछ । किनभने पौडी खेल्दा हाम्रो शरीरका सबै अवयवहरु चलायमान एवं सक्रिय हुन्छन् ।

पौडी आफैमा एटा खेल हो, सिप र कला पनि । त्यसैले पौडी खेल्ने आ–आफ्नै विधी र छुट्टाछुट्टै तौर तरिका छन् । तर पनि नियम पुर्वक नै पौडी खेल्नुपर्छ भन्ने पनि हुदैँन । यो हासिमज्जा र रमाईलो पनि हो ।

अतः यहाँ पौडी खेल्नुअघि जानिराख्नुपर्ने केहि कुराहरु तल उल्लेख गरिएको छ ।

१. क्लोरिनको प्रयोग

तपाई स्विमिङ जानुस, त्यहाँ स्विमिङ पुलमा रहेको पानीको वारेमा जान्न सक्नुहुनेछ । त्यो पानीमा स्विमिङ गर्न कतिको फाईदाजनक छ । पानीमा क्लोरिनको मात्र के कति छ । किनकि स्विमिङ पुलमा पानी सफा गर्नको लागि पनि क्लोरिनको मात्र बढि प्रयोग गरिन्छ । पानीमा क्लोरिनको मात्र बढि छ भने पनि तपाईको छालामा समस्या निम्त्याउन सक्छ । त्यसैले क्लोरिन बढि भएको स्विमिङ पुलमा तपाई नजानुस ।

२. स्विमिङ पछि नुहाउने

स्विमिङमा जानुभन्दा पहिले तपाई आफुलाई नुहाउदा खेरी आवश्यक पर्नेे साबुन, स्याम्पु संगै लिएर जानुस । जव स्विमिङ गरिन्छ, तव सफा पानीमा साबुन र स्याम्पुले राम्रो संग नुहाउनुस । यसले गर्दा क्लोरिनयुक्त पानीको प्रभाव शरिरमा पर्दैन ।

३. पानी पिउने

स्विमिङमा जानुभन्दा ३० मिनेटअघि नै शरिरलाई चाहिने जति पर्याप्त पानी पिउनुहोस् । किनकि तपाईको शरिरमा पानीको मात्र कमी नहोस ।

४. आँखामा आई बियर कानमा ईयर प्लग

आँखामा संक्रमन हुन वाट बचाउनको लागि स्विमिङ ग्लास लगाउनुस, जस्ले गर्दा तपाईको आँखा रातो हुने वा संक्रमण हुने डर हुदैन । स्विमिङका बेला कानमा पानी पस्न वाट जोगाउन, इयर प्लग लगाउनुपर्छ । जतिवेला तपाईलाई स्विमिङका लागि तयार गरिएको हुन्छ ।

५. स्विमिङ सुट बदल्ने

स्विमिङ खेलिसक्नुहुन्छ, तपाईले तुरुन्त आफ्नो पहिरन बदल्नुस् । यसले गर्दा तपाईको प्राइभेट पार्टमा संक्रमण हुने खतरा हुँदैन ।

६. छाला रुखो हुनबाट बच्ने

स्विमिङ गरिसकेपछि फेरी तपाईले नुहाउनुस र, मोश्चराइजर लगाउनुस । यसले गर्दा छाला रुखो हुन हुन वाट बच्छ ।

स्विमिङका फाइदाहरु

– स्विमिङ तपाई जनुसुकै उमेरकाले पनि गर्न सक्नुहुनेछ । स्विमिङ गर्नाले तपाईको रक्त प्रवाह सुचारुमा धेरै नै फाईदा जनक काम गर्ने गर्दछ । पानीमा तैरने अभ्यासले शरीरमा रक्त संचार सहज रुपमा बढ्छ । यसैले पौडीको समयमा आफुलाई चुस्तदुरुस्त महसुष गर्न सकिन्छ ।

–स्वस्थ्य रहनका लागि शरीरमा राम्रो कोलेस्ट्रोल बढी हुनुपर्छ । शरीरमा कोलेस्ट्रोलको मात्रा नियन्त्रित राख्नका लागि पौडी धेरै नै राम्रो विकल्प हो । त्यसैले शरिरमा कोलेस्ट्रोलको मात्र बढाउनको लागि भएपनि हप्तामा ५ पटक सम्म तैरने अभ्यास गरेमा शरिरलाई फाईदा हुन्छ ।

–क्यालोरी बर्न गर्ने राम्रो उपाय पौडीलाई नै मानिन्छ । तपाई केवल ३० मिनेट पौडदा ४ सय ४० क्यालोरी बर्न हुन्छ । मोटोपनको समस्या झेलिएर वसेकाहरुको  लागि मोटोपन घटाउने एक उत्तम उपाए नै पौडी हो ।

–जव तपाई स्विमिङमा पौडिनुहुन्छ, त्यतिवेला सासलाई धेरै नै नियन्त्रणमा राख्नुपर्ने हुन्छ । यसले गर्दा फोक्सोको राम्रो कसरत हुन्छ । परिणमत ः शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।

– शरीरलाई लचिलो श्वस्थ बनाउनको लागि रोज्नै पर्ने उपाए हो पौडी, जस्ले गर्दा तपाईको शरीरका सबै अंगहरु सक्रिय हुन्छन् ।