भारतको  भोपाल शहरमा गणेश विसर्जनका क्रममा डुंगा पल्टिँदा ११ जनाको मृत्यु - eDeshantar News

भारतको  भोपाल शहरमा गणेश विसर्जनका क्रममा डुंगा पल्टिँदा ११ जनाको मृत्यु


एजेन्सी  |   भारतको मध्य प्रदेश राज्यको भोपाल शहरमा रहेको एउटा पोखरीको खटलापुरा घाटमा शुक्रबार बिहान गणेश विसर्जनको क्रममा डुंगा पल्टिँदा कम्तीमा ११ जनाको ज्यान गएको छ।  प्रत्यक्षीदर्शीका अनुसार डुंगामा २०-२५ जना व्यक्ति सवार थिए। प्रहरीका अनुसार यसलाई नै सही तथ्याङकका रूपमा मानेको छैन।

मूर्ति विर्सजनमा गएका परिवारका सदस्यहरू सम्पर्कमा नआएमा खबर गर्न अनुरोध गरेको छ। ज्यान गुमाउनेमा पिपलानी १०० क्वार्टरका मानिसहरू रहेका छन्। प्रत्यक्षदर्शीका अनुसार गणेशको प्रतिमा निकै ठूलो थियो। प्रतिमालाई नदीमा विसर्जन गर्नेबित्तिकै डुंगा असन्तुलन भएर पल्टिएको थियो।

दुर्घटनालगत्तै राज्य विपद् प्रतिक्रिया कोष (एसडिआरएफ) को टिम गोताखोर र प्रहरीको टिम पुगेको थियो। घटनालाई लिएर जनसम्पर्क मन्त्री पिसी शर्माले दुर्भाग्यपूर्ण भनेका छन्।


Facebook Comments