नेपाल–चीन मन्त्रीस्तरीय द्विपक्षीय वार्ता सम्पन्न - eDeshantar News

नेपाल–चीन मन्त्रीस्तरीय द्विपक्षीय वार्ता सम्पन्न

  • 41
    Shares

काठमाण्डौ । नेपाल र चीनबीचको परराष्ट्र मन्त्रीस्तरीय बैठक सम्पन्न भएको छ । होटल याक एण्ड यतिमा भएको सो बैठकको नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र चीनका तर्फबाट उनका समकक्षी वाङले गरेका थिए ।

करिब एक घण्टा भएको मन्त्रीस्तरीय बैठकपछि तीन बुँदे समझदारी पनि भएको छ । ती समझदारीमा मनाङमा अस्पताल बनाउनका लागि चीनले ३५ करोड रुपैयाँ सहयोग गर्ने, चिनियाँ भाषा पढाउनका लागि नेपालमा स्वयंसेवक शिक्षक उपलब्ध गराउने र नेपालमा विपत् पीडितका लागि ५ हजार थान पाल दिने रहेका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यी नेपालको तीन दिने भ्रमणका लागि अहिले काठमाडौंमा छन् । उनी आइतबार साँझ नेपाल आएकोमा भोलि स्वदेश फर्किनेछन् ।

बैठकमा रेलमार्ग तथा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) प्रक्रियालाई अघि बढाउने लगायतका द्विपक्षीय सबै विषयमा कुराकानी भएको बताइएको छ ।


  • 41
    Shares

Facebook Comments