नेपाल कुनै पनि देशको सैन्य गठबन्धनमा सामेल नहने परराष्ट्रमन्त्री ज्ञवाली - eDeshantar News

नेपाल कुनै पनि देशको सैन्य गठबन्धनमा सामेल नहने परराष्ट्रमन्त्री ज्ञवाली

  • 5
    Shares

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कुनै पनि देशको सैन्य गठबन्धनमा संलग्न नहुने बताए ।

मंगलबार गुल्मीमा आयोजना भएको रुरु महोत्सवको उद्घाटन गर्दै उनले सैन्य गठबन्धनमा सामेल नभएपनि नेपालको हित अनुकुलका विकास सहायता भने लिन जुनसुकै देशबाट लिन सकिने बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले विकास सहायतासंग बन्दुक जोडेर नआउने भन्दै वैदेशिक सहयोगलाई अनावश्यक वहस बनाउन नहुनेमा जोड दिए । परराष्ट्रमन्त्री ज्ञवालीले सीमा विवाद समाधानका लागि भारत तयार भएकाले वार्ताबाट नै समस्याको समाधान हुने विश्वास व्यक्त गरे ।


  • 5
    Shares

Facebook Comments