जापानमा आँधीले ७७ को ज्यान लियो - eDeshantar News

जापानमा आँधीले ७७ को ज्यान लियो

  • 8
    Shares

जापानमा आएको पछिल्लो आँधीले ७७ जनाको ज्यान लिएको छ । अधिकारीहरूले बिहीबार दिएको पछिल्लो विवरण अनुसार आँधीका कारण मृत्यु हुनेको संख्या बढेर ७७ पुगेको छ।

केही दिनअगाडि आएको विनाशकारी आँधीका कारण मृत्यु हुनेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ साथै ठूलो जनधनको क्षति भएको छ।

यो आँधीलाई लामो समयको अन्तरालमा आएको सबैभन्दा शक्तिशाली आँधी मानिएको छ। अधिकारीहरूका अनुसार बिहीबारसम्म पनि झण्डै ३३ हजार घरहरूमा बाढीको असर बाँकी नै रहेको छ।

आँधीले एक हजार ७०० घर पूर्ण तथा आंशिकरूपमा क्षतिग्रस्त बनाएको छ। त्यसैगरी २३ हजार हेक्टर क्षेत्रफल जमिनमा आँधीले असर पारेको भूमि मन्त्रालयले जानकारी दिएको छ।


  • 8
    Shares

Facebook Comments