जनताले  अब कम्युनिष्टको विकल्प खोजे  : नेता पौडेल - eDeshantar News

जनताले  अब कम्युनिष्टको विकल्प खोजे  : नेता पौडेल

  • 16
    Shares

 

काठमाड‌ाै ‌ ।   नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले कम्युनिष्टको विकल्प खोजेको बताएका छन् ।

राष्ट्रिय जागरण अभियानका अवसरमा नेपाली कांग्रेस तनहुँले आयोजना गरेको कार्यक्रमलाई सम्बधोन गर्दै उनले जनताले कम्युनिष्टको सरकारबाट जनता सन्तुष्ट हुन नसकेको बताए । कांग्रसेलाई नयाँ प्रेरणाको  स्रोतको रुपमा उभ्याउन सक्नुपर्छ । नेपालमा कांग्रेस र कम्युनिष्ट बाहेक अन्य शक्ति छैन । कम्युनिष्टको विकल्प नै कांग्रेस हो, उनले  जिकिर गरे ।  पार्टी कांग्रेसको बीपीको सिद्धान्त र आर्दशलाई बुझेर अगाडि बढ्नुपर्नेमा उनले  जोड िदए  । बीपी जनताको शासनका पक्षमा रहेपनि कम्युनिष्ट सर्वहाराको शासनका पक्षमा रहेको आरोप लगाए  । निमुखलाई न्याय र विपन्नलाई आय कांग्रेसको मूल सिद्धान्त हो । गाउँ–गाउँमा रोजगारी सिर्जना गरेर जनतालाई गाउँमै बसाउनुु पर्नेमा नेता पौडेलले जोड दिए  । बीपीको सिद्धान्तलाई अनुशरण गर्न सके जनता र देशको विकास हुने उनकाे भनाइ  छ ।


  • 16
    Shares

Facebook Comments