कोटेश्वरबाट घुस रकमसहित प्रहरी जवान पक्राउ - eDeshantar News

कोटेश्वरबाट घुस रकमसहित प्रहरी जवान पक्राउ

  • 5
    Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई हजार रुपैयाँ घुस/रिसवत लिएको आरोपमा एक प्रहरी जवानलाई पक्राउ गरेको छ ।

आयोगको टंगालबाट खटिएको टोलीले लोगबहादुर खड्कालाई पक्राउ गरेको हो । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार खड्कालाई कोटेश्वरबाट घुस रकमसहित नियन्त्रणमा लिइएको हो । कारागार सुरक्षा गार्ड कैलाली दरबन्दी रहेका उनी महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत छन् । उनीमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले जानकारी दिएका छन् ।


  • 5
    Shares

Facebook Comments