कांग्रेसको जागरण अभियान आज पनि जारी - eDeshantar News

कांग्रेसको जागरण अभियान आज पनि जारी

  • 16
    Shares

काठमाण्डौ । नेपाली कांग्रेसले मंगलबार देखि सूरु गरेको देशव्यापी जागरण अभियान आज पनि जारी छ । ७७ जिल्लामा एकसाथ सुरु भएको दोस्रो चरणको अभियान १५ दिनसम्म चल्नेछ ।

प्रदेश निर्वाचन क्षेत्रकेन्द्रित जागरण अभियान प्रभावकारी बनाउन ३ सय ३० क्षेत्रमै केन्द्रीय प्रतिनिधि खटिएका छन् । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले अभियानका क्रममा कांग्रेस हरेक प्रदेशसभा निर्वाचन क्षेत्रमा विशेष सामाजिक संवाद, सामाजिक विसंगति विरूद्ध जागरण, युवा केन्द्रित विशेष संवाद, वडा स्तरीय अन्तरक्रिया, अग्रज, शहीद परिवार र द्वन्द पिडितको आंगनमा जाने, पार्टी प्रवेश अभियान, स्थानीय तहको दुई वर्षे समिक्षालगायतका कार्यक्रमहरु भैरहेको जानकारी दिए ।

प्रवक्ता शर्माले समापनमा कांग्रेसले बढ्दो महँगी, वाइडबडी, न्यारो वडीलगायतका भ्रष्टाचार प्रकरण, बढ्दो महिला हिंसा, बलात्कार र हत्या, अलोकतान्त्रिक विधेयक र कम्युनिष्ट नेतृत्वको सरकारका सम्पूर्ण कुशासनका विरुद्ध प्रदर्शन गरिने बताए ।

उनका अनुसार अभियानको अन्तिम दिन असोज ७ गते ७७ वटै जिल्लामा विभिन्न पाँच वटा मुद्दामा केन्द्रित रहेर विरोध प्रदर्शन र सभा गरिने छ ।


  • 16
    Shares

Facebook Comments