ए डिभिजन लिगमा आज छैटौं चरणका दुई खेल हुदै - eDeshantar News

ए डिभिजन लिगमा आज छैटौं चरणका दुई खेल हुदै

  • 10
    Shares

काठमाण्डौं । कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज छैटौं चरणका खेलहरु सुरु हुँदै छ । पाँचौ चरणका जस्तै छैटौं चरणका खेलहरु सबै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छन् ।

छैटौं चरणको पहिलो दिन आज शनिबार २ वटा खेल हुने छन् । पहिलो खेलमा जावलाखेल युथ क्लब र मछिन्द्र आमने सामने हुने छन् । यो खेल मध्याह्न १२ बजेदेखि सुरु हुने छ । यी दुवै टिम अपराजित छन् । आजको खेलमा मछिन्द्र विजयी भए केहीबेरका लागि शीर्ष स्थानमा उक्लने छ भने जावलाखेल विजयी भए दोस्रो स्थानमा पुग्ने छ ।

दोस्रो खेलमा दिउँसो ३ बजे दोस्रो स्थानको मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पा आमने सामने हुने छन् । मनाङ विजयी हुँदै शीर्ष स्थानमा पुग्ने लक्ष्यमा रहँदा शेर्पा भने पहिलो जित निकाल्दै तीन अंकको खोजिमा हुने छ ।


  • 10
    Shares

Facebook Comments