आलमको बयान सकियो, जाहेरवाला पक्षबाट बहस सुरू - eDeshantar News

आलमको बयान सकियो, जाहेरवाला पक्षबाट बहस सुरू

  • 10
    Shares

जनकपुर । रौतहटको राजपुर बमकाण्डका अभियुक्त अफताव आलमको बयान सकेर जाहेरवाला पक्षबाट थुनछेक बहस सुरु भएको छ ।

सोमबार जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेपछि मंगलबारबाट आलमको बयान लिन सुरू गरिएको थियो ।  बिहीबार उनको बयान सकिएपछि जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अधिवक्ता खडिन्द्रराज कटुवालले बहस गरेका छन् । कटुवालपछि सरकारी वकिल कार्यालयकै सहायक प्रमुख अधिकवक्ता रामप्रसाद पन्थीको बहस सुरू भएको छ ।

जाहेरवालाको पक्षबाट मुद्दाको बहस गर्न महान्यायाधिवक्ताको कार्यालयबाट अधिवक्ता सूर्यराज दाहालसमेत दुई जना तथा जिल्ला सरकारी वकिल कार्यालयका दुई जनागरी चार जनाले बहस गर्नेछन् ।

प्रतिवादी आलम समेतको तर्फबाट बहसका लागि जिल्लामा उपलब्ध करिब सबैजसो वकिल ९२७ जना० ले बहस गर्ने तयारीमा रहेको अदालत स्रोतले जानकारी दिएको छ ।


  • 10
    Shares

Facebook Comments