देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अर्थ कूटनीतिका लागि परराष्ट्रको जिम्मा चौधरीलाई दिनुपर्ने सुझाव

देशान्तर

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पाँचौपटक प्रधानमन्त्री पदको कार्यभार सम्हालेका छन् । यसपटक शेरवहादुर देउवालाई सत्तारोहण गर्न त्यति सहज भएन । सबैभन्दा ठूलो दल नेकपा एमाले र त्यसका नेता केपी शर्मा ओलीले आफ्नो सरकार टिकाउन हरसम्भव प्रयास गरे । एउटै प्रधानमन्त्रीले लगातार दुई पटक संसद् विघटन गरेर सभ्भवत विश्व राजनीतिक परिवेशमै नौलो इतिहास रच्ने काम ओलीले गरे । अन्ततः सर्वोच्च अदालतको फैसलाबाट ओलीको बर्हिगमन र सरकारमा देउवाको आगमन सम्भव भयो ।

पाँचौ पटकको सरकारको यात्रा सुरु गर्दै गर्दा प्रधानमन्त्री देउवा अनगिन्ती चुनौतीले घेरिसकेका छन् । सबैभन्दा पहिलो चुनौती त उनले अबको तीस दिनभित्र संसद्बाट विश्वासको मत हासिल गर्नुपर्ने छ । त्यसपछि कोभिडले थिलथिलो बनेको नेपाली अर्थतन्त्रलाई उकास्ने, कोभिडको महामारीबाट जनतालाई बचाउन खोपको प्रबन्ध गर्ने र आसन्न हुनै लागेका स्थानीय, प्रदेश र संघीय चुनावलाई सफलतापूर्वक सम्पन्न गराएर आफ्नो पार्टी नेपाली कांग्रेसलाई बहुमतमा पु¥याउने देउवाका प्रमुख अभिभारा हुन् । त्यसमाथि ओली जस्तो प्रमुख प्रतिपक्षी नेता र एमाले जस्तो दलको राजनीतिक दाउपेच, विरोध र प्रोपोगान्डाबाट आफ्नो छवि विग्रन नदिन निकै कसरत गर्नुपर्ने देखिन्छ ।

यसको साथै सत्ता सहयात्री प्रचण्डलाई साथमा लिएर हिड्न पनि देउवाले अतिरिक्त राजनीतिक दाउपेच अपनाउनु आवश्यक हुनेछ । यसको लागि देउवाले सरकारमा यस्ता व्यक्तिहरुलाई सारथी बनाउनु आवश्यक छ जसले देउवाका यी बोझहरुलाई काध थाप्न सकोस ।

यतिबेला मुख्यगरी कूटनीति र अर्थनीति संचालनका लागि देउवालाई बलियो सारथीको आवश्यकता देखिन्छ । छिमेकी मुलुक भारतसँगको सम्बन्धलाई सन्तुलित र सहयोगी बनाउनु देउवाको लागि कूटनीतिको मुख्य चुनौतीको रुपमा विश्लेषकहरु लिएका छन् । ओलीको सत्ता टिकाउन जसरी भारत यो बीचमा लागिप¥यो त्यसलाई देउवाले नबुझेका छैनन् ।

ओलीलाई भारतको टाङ्गमुनी छिरेको आरोप देउवाले सार्वजनिक रुपमै लगाएका छन् । यसको अर्थ हो, भारतको चाहना विपरित देउवाको सत्तारोहण भएको हो । तर सरकारमा पुगिसकेपछि भारतसँगको सम्बन्धलाई बलियो बनाउँदै अन्य मुलुकहरुसँग पनि कूटनीतिक सन्तुलन कायम राख्न देउवा चुक्नु हुँदैन । यसको लागि परराष्ट्रको जिम्मेवारी त्यस्तो व्यक्तिलाई दिन जरुरी छ जसले कूटनीतिकका यी सबै आयामहरुलाई बुझेको होस ।

यस्तो बुझेको व्यक्ति कांग्रेसभित्र खोजी गर्ने क्रममा यतिबेला कांग्रेसवृत्तमा विनोद चौधरीको नाम चर्चामा आएको छ । एक मात्र पात्र फेला पर्छन् । समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य रहेका चौधरीलाई परराष्ट्रमन्त्रीको जिम्मेवारी दिए घरेलुदेखि बाह्य राजनीतिक सन्तुलन मिलाउन सजिलो हुने धेरैको बुझाई रहेको छ ।

चौधरीलाई मन्त्री बनाउनेबारे सभापति देउवासहितका नेताले सकरात्मक प्रतिक्रिया दिए पनि निर्णय गरिसकेका छैनन् । चौधरीले परराष्ट्र मन्त्रालयको नेतृत्व गर्न इच्छा समेत व्यक्त गरिसकेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग व्यक्तिगत सम्बन्ध रहेका चौधरी कांग्रेसको लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवं दीगो परियोजना विशेष समितिका संयोजक समेत हुन् । उनको नेतृत्वमा कांग्रेसभित्र गरिखाने अभियान सञ्चालित छ । कांग्रेसको अर्थनीतिको सुधारमा लागेका चौधरीले वर्तमान आर्थिक संकटलाई पार लगाउन आर्थिक कूटनीतिलाई विशेष रुपमा खघि बढाउन सक्ने खुवी राख्छन् । साथै भारतको राजनीतिक नेतृत्वसँग देउवालाई सिधै जोड्न सक्ने पात्रका रुपमा पनि चौधरीलाई परराष्ट्रमा ल्याउनुपर्ने चर्चा सुरु भएको छ ।

यसका साथै अर्थ मन्त्रालयको जिम्मेवारी माओवादी केन्द्रका नेता जनार्दन शर्माले पाएका छन् । अर्थमन्त्रीका रुपमा शर्मा एक गैर आर्थिक क्षेत्रका व्यक्ति हुन् । अर्थ त्यस्तो मन्त्रालय हो जसले अर्थ कूटनीतिलाई समेत घरेलु अर्थनीतिसँगसँगै महत्वकासाथ अघि बढाउनु पर्छ । तर शर्माको कार्यअनुभवले त्यो योग्यता प्रदर्शन हुँदैन । यसको परिपूर्ति अब परराष्ट्र मन्त्रालयमार्फत हुन सक्छ । त्यसका लागि पनि देउवाले परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा चौधरीलाई ल्याउँदा सहज हुने कांग्रेसभित्रैबाट देउवालाई सुझाइएको छ ।